About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ४ चैत
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेद्वारको नामावली सार्वजनिक हुने छ । उम्मेदवारी फिर्ता वैशाख १६ गतेलाई तोकिएको छ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशित गरिने छ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम तय गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय