About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २३ असार
प्रदेश १ मा कोरोना संक्रमण बढ्न थालेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणमा बृद्धि हुन थालेको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो पाँच दिनमा ३ हजार २३० जनामा संक्रमण पुष्टि भएको छ । असार १९ देखि २३ गतेसम्म पिसिआर विधिबाट १ हजार ७८८ र एन्टिजेन विधिबाट १ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
पिसिआर विधिबाट १९ गते शनिबार २७१ जनामा संक्रमण देखिएको थियो । आइतबार ३१२, सोमबार ३५९, मंगलबार ४०२ र आज ४४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश सरकारको यो तथ्यांकले दैनिक संक्रमणको दर बढ्दै गएको देखाउँछ ।
पछिल्लो पाँच दिनमा ३ हजार ९७ जना संक्रमणमुक्त भएका छन् भने ६५ जनाको मृत्यु भएको छ । शनिबार ५८०, आइतबार ७९२, सोमबार ६२३, मंगलबार ६३९ र आज ४६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, यो पाँच दिनमा क्रमशः ११, १४, १२, १६ र १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हालसम्म ७४ हजार २४३ जनामा कोरोना संक्रमण देखिएकोमा ६७ हजार २६० जना निको भएका छन् भने १ हजार ३१५ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय