About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ चैत
होली पर्वको अवसरमा मोरङको उर्लाबारीमा सद्भावपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उर्लाबारी भेट्रान व्याडमिन्टन क्लबको आयोजनामा उर्लाबारी–७ स्थित कवर्ड हलमा भएको प्रतियोगितामा लक्ष्मण गुरुङ र नरबहादुर तामाङको टिम प्रथम भएको छ ।
यस्तै, रोशन दाहाल र लक्ष्मी श्रेष्ठको टिमले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा १८ टिम सहभागी थिए । विजेता तथा उपविजेता टिमलाई क्लबका अध्यक्ष रमेश भण्डारीले पुरस्कार प्रदान गरेका थिए । उक्त पुरस्कार अध्यक्ष भण्डारी आफैंले प्रायोजन गरेका हुन् । उर्लाबारी भेट्रान व्याडमिन्टन क्लबले आफ्नै खर्चमा कवर्ड हल निर्माण गरेर स्वास्थ्य र तन्दुरुस्तीका लागि यहाँका खेलाडीहरुलाई सेवा दिँदै आएको क्लबका सचिव दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय