About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

स्थानीय चुनावका लागि उमेद्वार वन्न चाहने हालका जनप्रतिनिधिले राजिनामा गरेर मनोनयन गर्नुपर्ने निर्वाचन आयोगको ब्यवस्था प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ? भनेर प्रश्न गर्नुभएको छ उहाँले लेख्नुभएको छ – प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका “प्रधामन्त्री“–पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ?
निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ मा जनप्रतिनिधिले उम्मेदवार बन्ने भएमा मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने व्यवस्था छ ।
एमालेका उपमहासचिव विष्णु रिमाल लेख्नुहुन्छ –
निर्वाचन आयोग !
कुनैपनि सेवा अबरुद्ध नहोस भनेर
अबधी सकिनु २ महिना अघि
चुनाव गर्नुपर्ने कानुनी प्राबधान राख्ने,
तर त्यही कानुन बिपरित पद खाली गर्ने प्राबधान आचार संहितामा किन राख्ने ?

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय