
उर्लाबारी, ३ चैत
नेपाल बुद्धिजीवी परिषद् उर्लाबारीको अध्यक्षमा भुवन श्रेष्ठ चयन भएका छन् । विहिबार उर्लाबारी–३ स्थित नेकपा एमाले पार्टी कार्यालयमा भएको प्रथम नगर अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा भूमिप्रसाद प्याकुरेल, सचिवमा दिनेश पोखरेल, सहसचिवमा गणेश घिमिरे र कोषाध्यक्षमा मन्जु कोइराला रहेका छन् । यस्तै, सदस्यहरुमा नवराज भट्टराई, खगेन्द्र घिमिरे, जगत श्रेष्ठ, गम्भीर प्रधान, विश्वनाथ ढुंगाना, तुलसी दाहाल, कृष्ण खतिवडा, पदम श्रेष्ठ, यमुना न्यौपाने, पदम सापकोटा, गोविन्द निरौला, खगेन्द्रप्रसाद गौतम, अम्बिकाप्रसाद दाहाल, रामप्रसाद गौतम, प्रेम भट्टराई, रामु तिवारी, तेजप्रसाद काफ्ले, यज्ञप्रसाद दाहाल, राधिका निरौला, मनप्रसाद भट्टराई रहेका छन् । यसैगरी, ढुण्डुराज भट्टराई, होमनाथ पौडेल, सुजन अधिकारी, जेनी कटुवाल, रन्जु तामाङ, टंकप्रसाद दुलाल, पर्वत थापा, जीवन बस्नेत, गणेश खुलाल, मातृका खतिवडा, टंकप्रसाद न्यौपाने, अनिल खनाल, मोहनकुमार गौतम, बालकृष्ण निरौला, प्रकाशचन्द्र सापकोटा, प्रेम प्रसाई, रुद्रमणि पौडेल, गजेन्द्र राई, प्रकाश दुलाल, डा. युधिर थापा, ई. भानुभक्त बराल, ई. निशान पराजुली, पुष्कर भट्टराई, देवीप्रसाद गौतम, कमल न्यौपाने र प्रकाश ढुंगाना सदस्य रहेका छन् ।
नेपाल बुद्धिजीवी परिषद मोरङका जिल्ला अध्यक्ष सोमराज थापाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेकपा एमालेका प्रदेश कमिटी सदस्यद्वय भुपाल सिं जिमी र राजेन्द्र पौडेल तथा एमाले उर्लाबारी नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए ।