About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
फागु पुर्णिमाको दिन खेलिने होलीमा प्रयोग हुने रंग, पानी र आहारले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर नगरोस् भन्ने बिषयमा सचेत हुनु जरुरी छ |
.
बजारमा पाइने रंग गुणस्तरविहिन र मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खालका छन् | पाउडरको रुपमा पाउने ती रंगहरुमा निम्न केमिकल हुन्छन् |
.
१. शिशाका कण – यसले बालबालिका तथा गर्भस्थ शिशुलाई प्रतिकुल असर गर्दछ | ती कण मृगौला, कलेजो, हाड तथा आँखामा डिपोजिट भएर मेटाबोलिक लगायत असर गर्दछ |
२. क्रोमियम – यसले ब्रोंकाइटिस, दम र एलर्जी गराउँछ |
३. कपर – यसले आँखा, मृगौला, कलेजो र श्वासप्रश्वासमा असर गर्दछ |
४. पारो – अप्रशोधित पारोले मृगौला, कलेजो तथा गर्भस्थ शिशुलाई असर गर्दछ |
५. आइरन – यसका कणले छालालाई असर गर्दछन |
६. सिलिका – यसले छाला सुख्खा र खस्रो बनाउँछ | छालाको क्यान्सर, दम, तथा आँखामा असर पनि गर्दछ |
७. औद्योगिक रंगको प्रयोगले दम, छालाका रोग तथा अन्धोपन गराउँछन् |
८. लेड अक्साइडले मृगौला फेलर, मर्करी सल्फेटले छालाको क्यान्सर गराउन सक्छ |
९. भिजेको रंगमा विषाक्त मिश्रण हुन्छन् जसमा इन्जिन आयल समेत हुन्छ |
.
१०. होलीमा प्रयोग हुने फोहोर पानीले छालामा एलर्जी, आँखामा असर तथा सरुवा रोग लाग्ने सम्भावना हुन्छ |
११. होलीमा अत्यधिक रक्सी तथा अन्य पदार्थको सेवन गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्दछ |
..
होलीलाई कसरी सुरक्षित बनाउने ?
….
– पर्यावरणमैत्री तथा प्राकृतिक रंगको प्रयोगले होलीलाई सुरक्षित बनाउन सकिन्छ |
उदाहरणस्वरूप – चामलको पिठो, बेसार, चुकन्दर ( बिटरुट ) का ससाना टुक्रा, सलाद खाने रातो बन्दका ससाना टुक्रा, चन्दन, केशर, बिभिन्न रंगका फूल, जराकाण्डको फूल आदिको मिश्रण बनाएर घरेलु बाताबरणमा होली खेल्न सकिन्छ |
– होली खेल्नुपूर्व कपालमा तेल लगाउने, अनुहारमा दही, बेसार आदिको फेस प्याक लगाउने, सनस्क्रिन लोसन लगाउने, छालामा मोस्चराइजर लोसन लगाउने, सबैतिर छोप्ने प्रकारको चस्मा लगाउने, सफा पानीको प्रयोग गर्ने तथा स्वस्थ भोजन र प्रशस्त पानीको सेवन गरेर होलीलाई स्वस्थ बनाउन सकिन्छ |
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय