About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कार्यसम्पादन मूल्यांकनमा प्रदेश १ कै उत्कृष्ठ वन्न सफल खोटांगको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका प्रमुख दिप नारायण रिजालले नगरपालिकालाई सस्थागत गर्न सफल भएको वताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै उहाँले फरक शासकीय स्वरुपको पहिलो जनप्रतिनिधीको कार्यकालसफल भएको दावी गर्नुभएको हो । १७ वटा सूचकको आधारमा प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मापनमा दिक्देल रुम नगरपालिका प्रदेश नम्वर १ मा पहिलो र देशका ७५३ नगरपालिकामा आठौ वनेको छ । यो नगरपालिकाले ७८.१८ अंक प्राप्त गरेको छ । सस्थागत सृदृढिकरण,समग्र विकास निर्माण र संघ र प्रदेश सँगको समन्वयमा ठूला योजनाहरु संचालन गर्न सकेका कारण प्रदेश १ मै पहिलो वनेको प्रमुख रिजालको भनाई छ ।

उहाँले आफूहरुले आठ महिना लगाएर देशमै पहिलो पटक आवधिक योजना वनाएको सुनाउनुभयो । आवधिक योजनाका आधारमा योजना र वजेट निर्माण गर्न अत्यन्तै सजिलो भएको उहाँको अनूभव छ । पूर्वाधार निर्माण तर्फ सडक निर्माणमा उल्लेख्य प्रगति भएको उहाँको दावी छ । आफूहरु निर्वाचित भएर आँउदा सदरमुकाम दिक्तेलमै मोटरसाइकल कुदने अवस्था नभएपनि अहिले प्रत्येक वडामा गाढी पुग्ने अवस्था सृजना गरेको वताउनुभयो । दिक्तेल रुम नगरपालिकाले स्थानीय पाठक्रममा आधारित किताव दिरुम ज्ञानमाला तयार गरेको छ । अव यो पुस्तक सो नगरपालिकाका कक्षा १ देखि ५ सम्म अध्यापन हुने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय