About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २३ असार
सत्तारुढ नेकपा एमालेमा देखिएको लामो समयदेखिको विवाद समाधान उन्मुख भएको छ । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको तिक्तताका कारण केही दिनअघिसम्म एमाले फुट्ने आंकलन गरिएको थियो । संस्थापन पक्षविरुद्ध नेपाल समूहले समानान्तर कमिटी घोषणा समेत गरेको थियो । तर, दोस्रो तहका नेताहरुको निरन्तर प्रयत्नका कारण एमालेमा देखिएको विवाद सहमतिनजिक पुगेको छ ।
पार्टीभित्र सहमति खोज्न गठित कार्यदलले सहमतिको माहोल सिर्जना गरेको हो । कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले विवादका विषयमा ‘झण्डै–झण्डै सहमति’मा पुगेको बताएका छन् । कार्यदल लगातार तीन दिन छलफलमा बसेपछि नेताहरूले सकारात्मक माहोल बनेको बताएका हुन् । कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्ष उन्मुख भएको बताए । ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भइरहेको छ,’ ज्ञवालीले भने, ‘कार्यदलभित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्ष उन्मुख छन् । हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’
यस्तै, ओली पक्षबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले छलफल गम्भीर र सकरात्मक भएको बताउँदै सहमतिमा पुग्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललगायतसँग छलफल गर्ने जानकारी दिए । नेम्वाङले भने, ‘तयारीको सिलसिलामा विभिन्न तहमा भएका प्रयासहरू समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरू पार्टी अध्यक्ष केपी ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै, उहाँहरूको समेत ‘फिडब्याक’ लिएर टुंगोमा पुग्ने प्रयासहरू गरेका छौँ ।’ उनले बिहिबार बिहान ११ फेरि छलफलमा बस्ने र भरसक चाँडै टुंगोमा पुग्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय