
काठमाडौं, २ चैत
कमल थापा नेतृत्वको राप्रपा नेपालले तीर चुनाव चिन्ह प्राप्त गरेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उपलब्ध गराएका चिन्हहरुमध्ये राप्रपा नेपालले तीर रोजेको आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले बताए ।



