About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २ चैत
काठमाडौंमा ताप्लेजुङ्गेहरूको फुटसल प्रतियोगिता हुने भएको छ । ताप्लेजुङ घर भई काठमाडौंमा बसोबास गर्नेहरुलाई लक्षित गरी यही चैत ५ गते ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल हुने भएको हो ।
ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा दोस्रो सरोकार केन्द्र फुटसल कप २०७८ आयोजना गरिएको केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ताप्लेजुङमा घर भई काठमाडौंमा बस्नेहरुको पालिकास्तरीय टिमको सहभागिता रहने छ ।
चैत्र ५ गते बिहान ७ः३० बजेदेखि प्राइम फुटसल, ज्ञानेश्वर काठमाडौंमा हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार, उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट खेलाडी, गोलकर्ता र गोलरक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ । काठमाडौंमा रहेका ताप्लेजुङ्गेहरुलाई खेलमा सहभागितका लागि सरोकार केन्द्रले अनुरोध गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय