About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ चैत
उर्लाबारी जेसीजले रजत जयन्ती वर्ष विविध कार्यक्रमका साथ मनाउने भएको छ । गत साता रजत जयन्ती वर्षको लोगो अनावरण गरेको र वर्षभरि नै विभिन्न कार्यक्रम गरेर मनाइने उर्लाबारी जेसीजका अध्यक्ष तारानाथ दाहालले जानकारी दिए ।
ई.सं. १९९७ मार्च १० मा स्थापना भएको उर्लाबारी जेसीज २५ औं वर्ष प्रवेश गरेको छ । जेसीजले विभिन्न माध्यमबाट युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गराई विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै अध्यक्ष दाहालले यो वर्ष रजत जयन्ती वर्ष भएकोले यसलाई सफल बनाउन आफूहरु लागिपरेको जनाए ।
उर्लाबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा रजत वर्षका कार्यक्रम संयोजक भाइटिका भट्टराईले सदा वर्षमा गरिने कार्यक्रमलाई यथावत राख्दै थप कार्यक्रम घोषणा गरिएको बताए । उनका अनुसार यो वर्ष २५ जना महिलालाई निःशुल्क सदस्यता प्रदान गरिने छ । यस्तै, २५ जना वृद्धवृद्धालाई सम्मान, २५ घर विपन्न परिवारलाई राहत सहयोग प्रदान, जेसीज स्तम्भ निर्माण लगायतका कार्य गरिने छ । यस्तै, उर्लाबारी जेसीज रजत महोत्सव सप्ताह अन्तर्गत थप कार्यक्रम गरिने भट्टराईले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय