About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ चैत
मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा लाइब्रेरी स्थापना गरिएको छ । थुनुवा कक्षमा रहेकाहरुले कानुन तथा ज्ञानगुनका कुराको जानकारी हासिल गरुन् भन्ने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।
उक्त लाइब्रेरीमा धार्मिक, कानुन, सामान्यज्ञान लगायतका १ सयभन्दा बढी किताब राखिएको उनले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीको नयाँ भवन निर्माण सम्पन्न भएपछि थुनुवाहरुलाई सहजताका लागि टेलिभिजन, तातो पानी खाने व्यवस्था लगायत सुविधा उपलब्ध गराइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय