
काठमाडौं, २ चैत
नेकपा एमाले पार्टीप्रति कलाकारहरु पनि आकर्षित हुन थालेका छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै छिन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर अभिनेत्री मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने निधो भएको छ । गत साता अभिनेत्री मानन्धर र पार्टी अध्यक्ष ओलीबीच भेटघाट भएको थियो । ललितपुर–१ का सांसद नवराज सिलवाल र सांसद गंगा चौधरीका साथमा भेटघाट भएको हो । त्यतिबेला प्रवेश गर्ने निश्चित गरिएपनि मिति भने तय गरिएको थिएन । अभिनेत्री मानन्धर एमाले प्रवेश गर्ने खबर पछि खुशी हुदै अर्की कलाकार एमाले नेतृ कोमल ओलीले बधाई दिएकी छिन् । करिष्मा मानन्धरले पटक पटक आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको बताउदै आएकी छिन् ।



