About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १ चैत
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि भर्ना खुलाइएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ ।
म्यादी प्रहरीमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने सूचनामा उल्लेख गरिएको छ । म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ । म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने जनाइएको छ ।
यस्तै, खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ, पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने साथै निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरुप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपैयाँ उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ । हेर्नुहोस् सूचना

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय