About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ चैत
आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गत निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अवधि समाप्त हुन लागेको छ । २०७४ साल असार १४ गते भएको निर्वाचनलाई फर्केर हेर्दा मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका शंकर राई निर्वाचित भएका थिए । उनले ६ हजार ९६१ मत प्राप्त गरेका थिए । राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भुपेन्द्रकुमार लावतीलाई ३०५ मत अन्तरले पछि पारेका थिए । लावतीले ६ हजार ६५६ मत ल्याएका थिए ।
उक्त निर्वाचनमा ५ जना मेयरका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रका गोपाल नेपालीले ९६०, राप्रपाका कोषराज निरौलाले ५५ र स्वतन्त्र उम्मेद्वार टंकबहादुर दर्जीले ४ मत प्राप्त गरेका थिए ।
यस्तै, उपमेयरमा नेकपा एमालेकी कृष्णकुमारी पोखरेल निर्वाचित भएकी थिइन् । उनले ६ हजार ८०९ मत प्राप्त गरेकी थिइन् । पोखरेलले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुभद्रादेवी भट्टराईलाई १ हजार ६९ मत अन्तरले पछि पारेकी थिइन् । भट्टराईले ५ हजार ७४० मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा ५ जना उपमेयरका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रकी सन्तमाया राईले १ हजार २९५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बूले ६५२ र राप्रपाकी उम्मेद्वार सुमित्रादेवी दर्जीले ५४ मत प्राप्त गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय