About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ फागुन
मोरङको उर्लाबारीमा सहकारीमा महिला र युवाको गुणस्तरीय सहभागिता विषयक लघु गोष्ठी सम्पन्न भएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय सहकारी बैंक लि. उर्लाबारी शाखाले गोष्ठी आयोजना गरेको हो ।
आज सम्पन्न गोष्ठीमा उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई नगरपालिका तथा मिक्लाजुङ गाउँपालिकाभित्रका २७ वटा सहकारीका महिला व्यवस्थापक तथा कर्मचारीको उपस्थिति रहेको थियो । सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले सहकारीमा काम गर्दाको अनुभव आदानप्रदान गरेका थिए ।
राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखा समन्वय समितिका संयोजक देवेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख विनोद चुडालले गरेका थिए भने स्वागत मन्तव्य शाखाकी कर्मचारी सविता शिवाकोटीले राखेकी थिइन् । गोष्ठी उपलब्धिमूलक भएको शाखा प्रमुख चुडालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय