
मधुमल्ला, २३ असार नेपाली काँग्रेसकाे चाैैधाैं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रदेखि वडासम्म उम्मेदवारी घाेषणा हुन थालेको छ । यसैक्रममा माेरङकाे मिक्लाजुङ गाउँ समितिको सभापतिमा अरुण विक्रम बस्नेतले उम्मेदवारी घाेषणा गरेका छन् । आज मधुमल्लामा पत्रकार सम्मेलन गरि उनले गाउँपालिका समितिको सभापतिमा उम्मेदवारी घाेषणा गरेका हुन् । कुनै गुट वा समूहबाट आफ्नो उम्मेदवारी नभएकाे भन्दै उनले मिक्लाजुङमा काँग्रेसलाई दर्विलाे बनाउन अघि बढेकाे बताए । विगतमा साविक मधुमल्लामा विद्यार्थी संघ, तरुण दलकाे नेतृत्व गरेकाे र अब पार्टीको नेतृृत्व गर्न आफू अघि बढेकाे उनले बताए । केहीदिनमा आफ्नो टिम नै घाेषणा गर्ने उनले बताए ।



