
इटहरीका जनप्रतिनिधिले गरेका कामको परिणाम धमाधम देखिन थालेको छ । एकै दिन तीन वटा कालोपत्रे सडक उदघाटन गरिएको छ । वहुवर्षे योजना अन्र्तगतका सडकहरुको उदघाटन गरिने क्रम जारी छ । पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले ंसंसदीय दलका नेता भीम आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २०को तरहरा जोडने सडक ६Þ.१ किलोमिटर सडक,वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा सम्मको ३.८२ किलोमिटरसडक र वडा नम्वर १ कञ्चनचौकदेखि र वडा नम्वर ५ हलगडा जोडने १.२ नमूना सडकको उदघाटन गर्नुभयो ।




उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि आर्चायले द्धारिकलाल चौधरी नेतृत्वको इटहरीको जनप्रतिनिधिले विकास निर्माणका गरेका कार्यको प्रशंसा गर्नुभयो । उहाँले इटहरीका जनप्रतिनिधि सफल वनेको भन्दै वधाई ज्ञापन गर्नुभयो । इटहरीका गाँउ गाँउमा विकासको आधार तय भएर जनताले नगरवासी भएको अनुभूत गरेको पूर्वमूख्यमन्त्री आर्चायले वताउनुभयो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले एक वर्षको वजेटले मात्र काम नहुने देखेर गाँउ गाँउका जनता सँग छलफल गरेर तीन वर्षको वजेट जोहो गरि वहुवर्षे सडक निर्माण गरिएको जानकारी दिनुभयो । इटहरीका विकास इटहरीकै जनताले तिरेको कर वाट भएको जनाउदै विकासमा उल्लेख्य जनसहभागिता जुटेको वताउनुभयो । ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि पहल गरिदिन पूर्वमुख्यमन्त्री आर्चाय सँग आग्रह गर्नुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षमा जनताको आधारभूत तहको आवश्यकता सम्वोधन गर्ने गरि विकास गरिएको वताउनुभयो । उहाँले जनताको अनुहारमा खुशीयाली ल्याउँछौ भनेर गरिएको प्रतिवद्धता पूरा भएको वताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गाँउ गाँउमा वनेका सडकले जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास ब्यक्त गर्नुभयो । छुटटाछुटटै तीन ठाँउमा भएका उदघाटन कार्यक्रममा इटहरी ५ का वडाध्यक्ष कल्याण कार्की,इटहरी १८का वडाध्यक्ष रामकुमार चौधरी,१९ का वडाध्यक्ष श्री नारायण चौधरी,२० का वडाध्यक्ष मणिराम श्रेष्ठ,वडा नम्वर १ का कार्यवाहक वडाध््रयक्ष निश्चल पोखरेल लगायतले गाँउ गाँउमा सडक पुगेपछि जनताले उपमहानगरवासी भएको अनुभूत गर्न पाएको वताउनुभयो ।