About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, २२ असार
मोरङको पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन परिसरमा फलफूलका बिरुवा रोपिएको छ । वन समूहका पदाधिकारी, सल्लाहकार, टोल प्रमुख, उपभोक्ताको सहभागितामा विभिन्न प्रजातिका ६ सय बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय विराटनगरको प्रायोजनमा सव डिभिजन वन कार्यालय पथरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनना फलफूलको बिरुवा रोपिएको वन समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । जंगल जनावरको घर भएकाले वनमा रुख मात्र नभई वन्यजन्तुको आहाराको निमित्त फलफूलको विरुवा पनि आवश्यक पर्ने भएकोले फलफूलका बिरुवा रोपिएको उनले बताए ।
आज अम्बा, आँप, हर्राे, बर्रो, जमुना, अमला, किम्बु, कटहर लगायत घाँसका लागि इपिलको बिरुवा गरी ६ सय बिरुवा रोपिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय