About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ फागुन
नेकपा एमाले मोरङले रंगेलीको जनसभामा ५० हजार सहभागी हुने जनाएको छ । आज जिल्ला पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ऋषिकेश पोखरेलले ५० हजार नेता कार्यकर्ताहरु रंगेलीको जनसभामा सहभागी हुने बताए ।
स्थानीय जनता क्याम्पसको प्राङ्गणमा हुने तराई मधेश केन्द्रित जनसभामा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । जनसभामा विभिन्न पार्टी परित्याग गरि ५ हजार जना एमालेमा प्रवेश गर्ने अध्यक्ष पोखरेलले दावी गरे ।
अध्यक्ष पोखरेलले जागरण अभियान अन्तर्गत मोरङका १७ पालिकाका १५९ वडामा टोल कमिटि गठनको काम धमाधम भईरहेको बताए । एमालेले निर्वाचनमा शतप्रतिशत जीत निकाल्न भन्दै दुईहजार ३८५ टोल कमिटी जिल्लाभरमा गठन गर्ने लक्ष्य लिइएको छ । अध्यक्ष पोखरेलले हालसम्म १ हजार ४३१ टोल कमिटि गठन भईसकेको बताए ।
नेकपा एमालेले निर्वाचित लक्षित कार्यक्रम अनुसार ‘म मेरो वडा आफैं जिताउँछु’ कार्यक्रममा आधारित जिम्मेवारी तोकेर अभियान शुरु गरिएको एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए । पार्टी केन्द्रीय सदस्यलाई संघीय निर्वाचन क्षेत्र, प्रदेश कमिटि सदस्यलाई प्रदेश निर्वाचन क्षेत्र र जिल्ला सदस्यलाई वडामा केन्द्रीत गरिएको सचिव खतिवडाले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय