
काठमाडौं, २३ फागुन
नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीत गतिविधिमा लागेको छ । काँग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ ।
सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने नेताहरुको सूची तयार गर्ने काम भइरहेको महामन्त्री शर्माले बताए । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई संगठन विस्तारसँग पनि जोडिने महामन्त्री शर्माले बताए ।