About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ फागुन
फुटबलको माध्यमबाट उर्लाबारीलाई देश विदेशमा चिनाउन योगदान पु¥याएको भन्दै उर्लाबारीका चार खेलाडीलाई सम्मान गरिएको छ । आज तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको समापनको अवसरमा उर्लाबारी वर्ष खेलाडीका रुपमा उर्लाबारीका मिक्चेन तामाङलाई सम्मान गरियो ।
यस्तै, उर्लाबारीकै विजय धिमाल, रजिन धिमाल र कविता धिमाललाई सम्मान गरिएको छ । तामाङ र धिमालत्रयले देश विदेशमा फुटबल खेलेर उर्लाबारीको नाम राख्न सफल भएको भन्दै सम्मान गरिएको उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले बताए । वर्ष खेलाडी घोषित तामाङलाई नगद ७५ हजार तथा धिमालत्रयलाई जनही ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो र क्लबका अध्यक्ष दीपेन्द्र धिमालले सम्मान गरे ।
सो अवसरमा नगर प्रमुख फागोले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले ध्यान दिएको बताए । खेलकुदका माध्यमबाट उर्लाबारीको नाम चलाउन योगदान पु¥याउने खेलाडीहरुलाई नगरपालिकाले वर्षेनि सम्मान गर्ने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय