About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ फागुन
मोरङको उर्लाबारी वडा नं. १ र २ जोड्ने सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख फागोले विकासका काममा सबै एकजुट हुनुपर्ने बताए । उनले दलगत स्वार्थले विकासलाई अवरोध गर्ने बताउँदै सबै जुटे विकासले गति लिने बताए ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले विकासका कार्यमा स्थानीय उत्तिकै जागरुक भएर लाग्नुपर्ने बताइन् । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद आचार्यले ९२ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको बताए । उक्त रकममध्ये ७८ लाख स्वीस सरकारको सहयोगमा संघीय झोलुङ्गे पुल आयोजनाबाट, ८ लाख टिविएसयुबाट, ५ लाख ५६ हजार उर्लाबारी नगरपालिकाबाट र दुई प्रतिशत रकम जनश्रमदानबाट जुटाइएको उनले बताए ।
उक्त पुलको निर्माण कार्य गतवर्ष नै सकिएको भएपनि कोभिड महामारीका कारण उद्घाटन हुन सकेको थिएन । पुल निर्माण भएपछि उर्लाबारी १ र २ वडाका बासिन्दालाई आवतजावतमा सहज भएको छ भने यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने देखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय