About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २१ फागुन
प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा मोरङका अविजाल बिष्ट निर्विरोध निर्वाचित भएका छन् । आज झापाको विर्तामोडमा सम्पन्न प्रेस चौतारी नेपालको प्रथम अधिवेशनबाट बिष्टको नेतृत्वमा ७१ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा सुनसरीका सुमन पुरी, महिला उपाध्यक्षमा इलामकी सुस्मा श्रेष्ठ, महासचिवमा झापाका गोपाल झापाली, सचिवमा उदयपुरका गणेश उप्रेती र ओखलढुंगाका रविन श्रेष्ठ तथा कोषाध्यक्षमा झापाका युवराज विवश चयन भएका छन् । प्रदेश कमिटीको सदस्यमा मोरङबाट दिनेश सुब्बा, सुमन सुस्केरा, सन्तोष सिग्देल, नवराज भट्टराई, सन्तोष गौतम, विजय धिमाल, ज्योति चौहान, तेजेन्द्र भण्डारी र रञ्जना अधिकारी चयन भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय