About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिने माओवादीको चिनामै लेखेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ अधिवेशनलाई झापाको बिर्तामोडमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले कम्युनिस्ट नामको पीपीई लगाएकालाई चिन्नुपर्ने बताउनुभयो । उहाँले माधव गुटको हालत चिचिलामै कुहिएको गट्टोजस्तो भएको टिप्पणी गर्नुभयो । उहाले आगामी चुनावमा माओवादीको पत्तासाफ हुने र माधव नेपालको समूह पार्टी नै नबनी कोपिलैमा ओइलिने उल्लेख गर्नु भयो ।अध्यक्ष ओलीले प्रदेश नम्बर १ को नाम साझा पहिचान हुने कोशी राख्नुपर्ने धारणा राख्नुभयो । सबै समुदाय ,भुगोल एकजुट भएमा सबै क्षेत्रको बिकास र समृद्धि प्राप्त हुने उहाले उल्लेख गर्नु भयो । त्यसैले उहाको सुझाब छ सबैलाई अटाउने, सबैलाई समेट्ने प्रदेश १ को नाम कोशी मात्रै हुने भएकोले यहि नाम राख्न उहाको सुझाब छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर