About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० फागुन
मोरङको उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा विजयी हुँदै वडा नं. ६ फाइनल प्रवेश गरेको छ । राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ५ लाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ६ फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । खेलको पहिलो हाफमा वडा नं. ६ का मिलन धिमालले गोल गरेपनि दोस्रो हाफको सुरुमै वडा नं. ५ का विशाल राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ट्राइबेकरमा दुई खेलाडीको प्रहार रोकेका वडा नं. ६ का गोलकिपर धिरज चौधरी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ३ हजारसहित ट्रफी वडा नं. ७ का वडाध्यक्ष वीरबल थापाले प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत भोलिको दोस्रो सेमिफाइनल खेल वडा नं. १ र वडा नं. ७ बीच हुने आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय