About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २२ असार
गैरआवासीय नेपाली संघ (एनआरएन) ले इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।
इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङ्गले महामारीको समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिए । इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल, प्रेस संयोजक लिलाराज भट्टराई र इटहरी अस्पताल इमरजेन्सी इञ्चार्ज रामकुमार धमलाले एउटैबाट दुई जनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरबाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने वताए । एनआरएनएको तर्फबाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिएन बरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय