About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ फागुन
मोरङको उर्लाबारी वडा नं. २, ३ र ४ का बासिन्दालाई खानेपानी वितरण गर्दै आएको मंगलबारे सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम स्थगत गर्न व्यक्तिगत रिसिइवीका कारण निवेदन परेको पाइएको छ । गत साता निर्वाचनको मिति तय गरी फागुन ७ गते निर्वाचन कार्यतालिका प्रकाशित भई निर्वाचनको कार्य भइरहेको अवस्थामा प्रेम पौडेल र चेतन कोइरालाले निर्वाचन प्रक्रिया नियमानुसार नभएको भन्दै उर्लाबारी नगरपालिकामा निवेदन दिएका थिए ।
उनीहरुको निवेदनका आधारमा नगरपालिकाले वास्तविकता बुझी विवादरहित निर्वाचन सञ्चालन गर्ने भन्दै फागुन ९ गते निर्वाचनको कार्य स्थगित गरेको थियो । नगरपालिकालाई निवेदकद्वयले लेखेको पत्रमा निर्वाचन प्रक्रिया नियमानुसार नभएको बताइएपनि निवेदक मध्येका प्रेम पौडेलले कुनै अमूक व्यक्तिका कारण उजुरी हालेको बताएका छन् । बिहिबार खानेपानी समूहको कार्यालय परिसरमा भएको छलफलमा उनले नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगा बास्तोलाको चुरीफुरीका कारण आफूहरुले निवेदन दिएको बताए । उनले भने, ‘गंगा बास्तोलाको चुरीफुरी बढी भएर नै उजुरी हालेको हो ।’ पौडेल मंगलबारे खानेपानीको उम्मेद्वारी मनोनयनमा लेखा समिति सदस्यमा सर्वसम्मत चयन भएका थिए । नगरपालिकामा निवेदन दिएका चेतन कोइरालाले भने विधानमा भएका कतिपय अस्पष्टता भएका कारण निवेदन दिएको बताए । पुरानो समिति भंग भएको र नयाँ समिति चयनका लागि निर्वाचन प्रक्रिया स्थगन भएका कारण अहिले मंगलबारे खानेपानी समितिविहीन बनेको छ ।
प्यालन बोर्डमा आगलागी, डेढ लाखको क्षति
मंगलबारे सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूहको प्यानल बोर्डमा आगलागी भएको छ । बुधबार राति विद्युत सर्ट भएर आगलागी हुँदा प्यानल बोर्ड जलेर पूर्ण रुपमा क्षति हुँदा डेढ लाख बराबरको क्षति भएको समूहका निवर्तमान अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । आगलागीपश्चात बुधबार रातिदेखि नै खानेपानी वितरण अवरुद्ध भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय