About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ फागुन
मोरङको उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा वडा नं. ७ विजयी भएको छ । ट्राइबेकरमा ३–१ गोल अन्तरले वडा नं. ८ लाई पराजित गर्दै वडा नं. ७ सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा परिणत भएको थियो । ट्राइबेकरमा दुई खेलाडीको प्रहार रोकेका वडा नं. ७ का गोलकिपर युवराज बोगटी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ३ हजारसहित ट्रफी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत भोलिबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । शुक्रबार पहिलो सेमिफाइनल खेल वडा नं. ५ र वडा नं. ६ बीच हुने आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले जानकारी दिए । यस्तै, दोस्रो सेमिफाइनल खेल शनिबार वडा नं. १ र वडा नं. ७ बीच हुनेछ । मंगलबारको खेलमा वडा नं. १ लाई वडा नं. ४ ले ४–२ गोल अन्तरले पराजित गरेपनि एक जना खेलाडीका विरुद्धमा उजुरी परेपछि आयोजकले वडा नं १ लाई विजयी भएको जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय