About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ फागुन
मोरङको उर्लाबारीबाट सात जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको प्रहरी टोलीले उर्लाबारी–७ का कृष्ण प्रधानको घरबाट प्रधानसहित जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उर्लाबारीका कमल शाक्य, कृष्ण अधिकारी, गोविन्द केसी, झुम्का रामधुनीका लक्ष्मी बास्तोलालगायत रहेका छन् । प्रहरीले उनीहरुको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय