
उर्लाबारी, १७ फागुन
उर्लाबारीका दलित युवाहरु एकजुट भएका छन् । नगरका दलित युवाहरुको नगरस्तरीय प्रारम्भिक भेलाले दलित युवा सञ्जाल उर्लाबारी नगर तदर्थ समिति गठन गरेको छ ।
उर्लाबारी ७ स्थित राधिका माविमा भएको भेलाबाट अध्यक्षमा सम्झना मोते, उपाध्यक्षमा सम्भु बराईली, महासचिवमा तिलक नेपाली, सचिबमा खगेन्द्र गदाल र कोषाध्यक्षमा संजिता परियार चयन भएका छन् । सदस्यहरुमा टिकाराम बिश्वकर्मा, अर्जुन बिश्वकर्मा, एलिसा दर्नाल, कमला बि.क., पुजन दास, कोपिला बर्देवा, रुद्र बि.क. रहेका छन् ।
भेलामा कार्यक्रमकी सभाध्यक्ष तथा दलित अधिकारकर्मी सम्झना मोतेले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा तदर्थ समितिलाई शुभकामना व्यक्त गर्दे प्रमुख अतिथि उर्लाबारी नगरपालिका कार्यपालिका सदस्य तथा दलित अगुवा कृष्ण बर्देवाले गैरराजनीतिक रुपमा समाज परिवर्तनका लागि स्थानीय स्तरमा सक्रिय भएर काम गर्न सुझाव दिए । यस्तै बिशिस्ट अतिथि उर्लाबारी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष यमलाल रसाईली, अगुवा भक्तबहादुर बिश्वकर्मा, दलित जनप्रतिनिधि लगायतले छुवाछुतमुक्त समाज बनाउन उदाहरणीय कार्यहरु गरेर अघि बढ्न शुभकामना दिए ।



