About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २२ असार
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज र भोलि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज राति १२ः४५ बजे स्पेन र इटाली प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।
सेमिफाइनलमा यी दुई देशको प्रतिस्पर्धा हुन लाग्दा विगतलाई फर्केर हेरिएको छ । युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेनले तीन पटक युरो कप फुटबलको उपाधि जितेको छ । इटाली युरोकप फुटबलको दोस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ भने १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय