About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ फागुन
मोरङको उर्लाबारीमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताका लागि सबै वडाले आफ्नो टिमलाई सबल बनाउन प्रयास गरिरहेका छन् । आज तेस्रो दिनको खेल वडा नं. १ र ४ बीच प्रतिस्पर्धा हुँदैछ ।
वडा नं. २ ले भोलि वडा नं. ५ सँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ । आफ्नो वडाका खेलाडीहरुलाई हौसला दिँदै वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले खेलकुद सामग्री प्रदान गरेका छन् । उनकै अगुवाईमा सहयोग संकलन तथा आफ्नो व्यक्तिगत खर्चमा खेलाडीहरुलाई खेल सामग्री प्रदान गरिएको हो । आज वडाध्यक्ष कँडेलले १८ थान जर्सी, १८ थान मोजा र २ वटा फुटबल खेलाडीहरुलाई प्रदान गर्दै जितको शुभकामना दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय