
नेकपा एमाले केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सय स्यालले एक वाघको सिकार गर्न नसक्ने भएकाले गठवन्धनका कारण चुनावमा एमालेलाई कुनै असर नपर्ने वताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै नेता रिजालले आगामी चुनावमा एमालेले वहुमत ल्याउने दावी गर्नुभयो । एमालेको प्राथमिकता सत्ता नभई चुनाव भएका कारण प्रधानमन्त्री देउवाले राख्नुभएको सत्ता साझेदारीको प्रस्ताव एमालेले स्वीकार नगरेको उहाँको भनाई छ । एमसीसीका वारेमा एमाले सुरु देखिनै प्रष्ट रहेको नेता रिजालले वताउनुभयो ।
उहाँले ब्याख्यात्मक टिप्पणी सहित एमसीसी पास भएको सन्र्दभमा आज दिउसो १ वजे नेकपा एमालेले आफनो धारणा सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो –ब्याख्यात्मक टिप्पणीको कुनै वैधता र अर्थ छैन । यो ब्याख्यात्मक टिप्पणी हैन ब्याख्यात्मक अवसरवाद मात्र भएको उहाँको तर्क छ । केहि घण्टा अघि सम्म चर्को विरोध गर्ने दलले केहि घण्टा पछाडी पास गर्नु सत्तालोलोपता वाहेक के हुन सक्छ ? उहाँको प्रश्न छ । कुनै वैधतानै नहुने ब्याख्यात्मक टिप्पणी गरेको भन्दै उहाँले गठवन्धनको गतिविधिले कतै यहि वाट उहाँहरुले अमेरिकी संविधानमै संसोधन त गरिदिनुहुन्न भन्ने आशंका जन्माएको ब्यङ्गय गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोधारे ब्यवहारले नेपालको अन्तराष्ट्रिय सम्वन्ध गिजोलिएको उहाँको भनाई छ ।



