About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ फागुन
उर्लाबारीमा जारी मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा वडा नं. ५ विजयी भएको छ । वडा नं. ९ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ५ विजयी भएको हो ।
खेलको अन्तिम मिनेटमा पासाङ तामाङले गोल गर्दै वडा नं. ५ लाई दोस्रो चरणमा प्रवेश गराएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । आजको खेलको म्यान अफ दि म्याच वडा नं. ५ का पासाङ तामाङलाई वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले पुरस्कार प्रदान गरे ।
आइतबारबाट सुरु प्रतियोगिताको भोलिको खेल वडा नं. १ र वडा नं. ४ बीच हुने आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताए । मेयर कपको उद्घाटन खेलमा हिजो वडा नं. ६ विजयी भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय