About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण भएका छन । ती मध्ये दुइवटा पूलको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पूल उदघाटन गर्नुभएको हो । वडा नम्वर ४ स्थित टेंग्राखोला पूलवाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पूल हुन । उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमुख्यमन्त्री भीम आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गर्नुभयो । उहाँले विकास सवै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने वताउनुभयो ।निर्वाचनका वेला प्रतिष्पर्धा भएपनि निर्माणका वेला एकता हुनुपर्नेमा जोड दिनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फडको मारेको दावी गर्नुभयो । उहाँले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले ब्यापक पहल गरेको वताउदै वाहिरी चक्रपथ चाडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह गर्नुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट वनाइसकेको जानकारी दिनुभयो । केहि ठूला पूलहरु निर्माण भइरहेको सुनाउनुभयो । आफूहरुको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णीम काल वनाउन लागि परेको उहाँको भनाई छ ।

वुद्धिजिवि लेखनाथ घिमिरेले विकास भौतिक निर्माण सँग सँगै त्यसप्रतिको अपनत्व र प्रेम हुनुपर्नेमा जोड दिनुभयो । उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरे र इन्जिनियर कैलाश तिम्सिनाले पूल निर्माणको प्राविधिक र लागत पक्षको जानकारी दिनुभयो ।सुकुमारी खोलापुल उदघाटन कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष कल्याण वहादुर कार्की र टेंग्राखोला पूल उदघाटन वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय