ताप्लेजुङ, २२ असार
ताप्लेजुङ मेरिङदेन गाँउपालिका–२ का ५२ वर्षीय खेम्जु शेर्पाको भिरबाट लडेर मृत्यु भएको छ । सोमबार राति साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भिरबाट अन्दाजी २० मिटर तल खसी घाईते भएका उनको राति ११ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी सान्थाक्रा र इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।



