About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

मोरगको लेटाङ ८ जाँतेमा १२ बर्षीया बालिकाको बलात्कार पछि हत्या गर्ने ब्यक्ति लाई मोरंग प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो ।प्रहरीका अनुसार गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा १२ वर्षे वालिकालाई पछयाउदै गएर जर्वजस्ती करणी पछि हत्या गरेका हुन ।

बिच जंगलमा पुगेपछि बालिकालाई फकाई फुल्याई जंगल बिच भित्रको बाटोबाट जाँदा छिटो पुगिन्छ भनेर झुक्याई केही पर पुगेपछि जवरजस्ती करणी गरेका थिए । वालिकाले बुबालाई भन्दिन्छु भनि दौडिएकोले पोल खोल्न सक्ने डरले हत्या गरि खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको प्रहरीले जनाएको छ ।बालिकाको हत्या पछि सबै लुगा कपडा र जुत्ता समेत आफ्नै घर पछाडी रहेको खोल्सीमा जलाएको मोरग प्रहरीले जनाएको छ । गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ वमोजिम जन्मकैदको व्यवस्था अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय