About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकार भागबण्डामा ‘हिरो र काममा जिरो’ भएको टिप्पणी गर्नुभएको छ । प्रदेशसभाको आज सुरु अधिवेशनको शून्य समयमा वोल्दै नेता आर्चायले लगभग १०० दिनपछि सुरु भएको संसद्मा सरकारले प्रस्तुत गर्ने कुनै विजनेश नभएको बताउनुभयो । उहाँले सरकारले विस्तार गरेको मन्त्रिपरिषद्बाट खर्च अत्यधिक बढेको वताउनुभयो । उहाँले बागबानी केन्द्रलाई कृषि ज्ञान केन्द्रमा गाभ्नु सरकारको कमजोरी भएको भन्नुभयो । उहाँले जनतालाई सेवा प्रवाह गर्ने कार्यालय प्रत्येक जिल्ला वा स्थानीय तहमा स्थापना गर्नुपर्ने भन्दै बेमौसमी बाढी र वर्षाबाट मर्माहित भएका किसानलाई सरकारले क्षतिपूति नदिनु चिन्ताको विषय भएको वताउनुभयो । प्रदेशसभाको आजको वैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज सदनमा पेश गरिएएको छ ।प्रदेश नं १ सभाको नवौँ तथा हिउँदे अधिवेशनको आज बसेको बैठकमा सामाजिक विकासमन्त्री राजन राईले सो विधेयक सदनमा पेश गर्नुभएको हो । विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सचेतक सूर्यमाराज राईले राज्यलाई चाहिने दक्षजनशक्तिको दक्षता अभिवृद्धि गर्न विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो दक्षतालाई राज्य तथा समाजका हितमा खर्च नगर्ने काम चोर प्रवृतिका कर्मचारीबाट राज्यलाई लाभ नहुने भन्दै प्रदेशको जनशक्तिलाई व्यवस्थित ढङ्गले अघि बढाउन यो विधेयक लाभदायी हुने चर्चा गर्नुभयो । सोही छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्मा र रामचन्द्र लिम्बूले पनि विधेयक ढिलो आए पनि दक्षजनशक्ति निर्माण र प्रदेशको समृद्धिको यात्रा पूरा गराउन विधेयक सहयोगी बन्ने विचार व्यक्त गर्नुभयो ।तीन महिना पछि प्रदेश १ प्रदेशसभाको वैठक सुरु भएको हो । मुख्यमन्त्री राजेन्द्र कुमार राईले मंसीर १ गते विश्वासको मत लिएपछि अनिश्चितकालका लागि वैठक स्थगीत गरिएको थियो । कातिक १६ मा गठित मुख्यमन्त्री राई नेतृत्वमा गठित गठवन्धन सरकारले अहिले सम्म एउटा पनि विधेयक निर्माण गर्न सकेको छैन । अघिल्लो सरकाले वनाएको विधेयक फिर्ता लिने निर्णय भने गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय