About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

प्रहरीले अभिनेता पल शाहलाई पक्राउ गरेको छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परे देखि पल शाह फरार थिए । आज शाहले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ । यसैबिच पलले विहान पलले आफनो आधिकारिक फेसबुक एकाउण्टमा आफै प्रहरी सामू उपस्थित हुन लागेको जनाएका थिए । उनले फेसवुसमा लेखेका थिए ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद। यसैबिच नाबालिग गायिकालाई जर्वजस्ती करणी गरेको आरोप लागेका नायक पल शाहलाई भाग्न सहयोग गरेको आरोपमा फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय