About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । साढे तीन महिना देखि वस्न नसकेको प्रदेश १ प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयले संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजेका लागिवोलाएको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राईले मंसीर १ गते विश्वासको मत लिएपछि अनिश्चितकालका लागि वैठक स्थगीत गरिएको थियो । कातिक १६ मा गठित मुख्यमन्त्री राई नेतृत्वमा गठित गठवन्धन सरकारले अहिले सम्म एउटा पनि विधेयक निर्माण गर्न सकेको छैन । अघिल्लो सरकाले वनाएको एउटा विधेयक फिर्ता लिने निर्णय भने गरेको छ ।बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय