About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ फागुन
भोलि फागुन १५ गतेदेखि हुने तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले प्रतियोगिताको तयारी पूरा भएको बताउँदै आइतबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम राखिएको जानकारी दिए । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल फागुन २३ गते हुने छ । प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाका टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय