
विराटनगर, १४ फागुन
बुद्धिजीवी परिषद् मोरङको नयाँ नेतृत्व चयन भएको छ । शनिबार विराटनगरमा सम्पन्न परिषद्को नवौं जिल्ला अधिवेशनले सोमराज थापाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा अर्जुन बस्नेत, सचिवमा डिल्ली पोखरेल, सहसचिवमा बालकृष्ण आचार्य र कोषाध्यक्षमा रीता पाठक चयन भएका छन् । जिल्ला समितिमा १७ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहेको नवनिर्वाचित अध्यक्ष थापाले बताए । बुद्धिजीवी परिषद् मोरङमा करिव ४ सय सदस्य रहेका छन् । जिल्ला अधिवेशनको एमाले केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।



