About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, १४ फागुन
भोजपुरमा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष, सदस्यसहित विभिन्न पार्टी परित्याग गरी छ दर्जन ब्यक्ति एमालेमा प्रवेश गरेका छन् । टेम्केमैयुम गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्य नेपाल, निर्वाचित वडा सदस्यहरुसहित एमाले प्रवेश गरेका हुन् ।
वडाध्यक्ष नेपाल नेकपा माओवादी भोजपुरका सचिवालय सदस्य एवम् तत्कालिन माओवादी जनसरकारका जिल्ला सचिव थिए । उनीसँगै एमाले प्रवेश गर्नेहरुमा वडा सदस्य भगवान पुरी, माओवादी टेम्केमैयुम गाउँपालिका सदस्य गोविन्द पुरी, वडा उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव सन्दिप पुरी लगायत ६० जना रहेका छन् । यसैगरी नेपाली काँग्रेसबाट वडा सदस्यकोे उम्मेद्वार बनेकी अम्बिका रम्तेलले पनि पार्टी परित्याग गरी एमाले रोजेकी छिन् ।


जनता समाजवादी पार्टीका सम्भव राई पनि नेकपा एमालेमा प्रवेश गरेको टेम्केमैयुम गाउँ कमिटी अध्यक्ष सुनिल राईले बताए । योसँगै माओवादीको टेम्केमैयुम गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि विहिन भएको छ । एमाले प्रवेश गर्दै वडाध्यक्ष सूर्य नेपालले अबको विकल्प नेकपा एमाले मात्र भएको र गाउँपालिकाको विकास एमालेले मात्र गर्ने भएको कारण आफूहरु एमालेमा प्रवेश गरेको बताए । नेकपा एमाले भोजपुरका अध्यक्ष शरण राईले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी प्रदान गरिने बताए । केन्द्रीय सदस्य हरिबहादुर राईले राजनीतिक, वैचारिक र सांगठानिक रूपमा सबल र सक्षम पार्टी एमाले भएकोले अबको निर्वाचनमा बहुमत पार्टी हुने बताए । एमाले विरुद्ध भएको घेराबन्दी चाँडै तोडिने टेम्केमैयुम गाउँपालिका अध्यक्ष धुव्रराज राईले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय