About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १४ फागुन
प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसीमाथिको छलफल अघि बढ्ने भएको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीका विषयमा छलफल हुने सम्भावित कार्यसुची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
कार्यसुची अनुसार अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने छन् । सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ । सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा काँग्रेसका नेताहरुले चरणबद्ध रुपमा एमालेसँग छलफल गरिरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय