About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २२ असार
मंगलबार बिहान सम्पन्न कोपा अमेरिका २०२१ को पहिलो सेमिफाइनलमा विजयी हुँदै ब्राजिलले फाइनल यात्रा तय गरेको छ । पेरुलाई १–० गोलले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो । खेलको ३५ औं मिनेटमा लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक बन्यो ।
कोपा अमेरिकाको अर्को सेमिफाइनल बुधबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुनेछ । यो खेलको विजेताले ब्राजिलसँग फाइनल खेल्ने छ भने पराजितले पेरुसँग तेस्रो स्थानका लागि खेल्ने छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय