
उर्लाबारी, १४ फागुन
झापाको दमक–४ ताराबारीमा शनिबार दिउँसो सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । उक्त दुर्घटनामा मोरङ उर्लाबारी–६ का टिकाराम गुरागाई , पवित्रादेवी सुवेदी र ६ वर्षीया बालिका शक्त घाइते भएको अस्थायी प्रहरी कार्यालय ताराबारीले जनाएको छ ।
उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको मे ८ प ४२७१ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम आउँदै गरेको प्र १–०४–००१ च ००६३ नम्बरको बोलेरो भेन जुध्दा मोटरसाइकलमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि झापाको बिर्तामोड स्थित बिएण्ड्सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरोलाई नियन्त्रणमा लिएको अस्थायी प्रहरी कार्यालय ताराबरीका असइ राजेश श्रेष्ठले बताए ।



