
ताप्लेजुङ, नेकपा एमालेका सचिव ताप्लेजुङ्का संघीय सांसद योगेश भट्टराईको पहलमा ताप्लेजुङका ४० वटा माध्यमिक विद्यालय भवन निर्माण सम्पन्न भएका छन । हयुमन प्राक्टिस फाउण्डेसनको सहयोग तथा समूदाय र स्थानीय तहको सहभागितामा ४० वटा विद्यालय भवन निर्माण भएका हुन । संघीय सांसद भट्टराईका अनुसार ९ वटा विद्यालय भवन निर्माणाधिन छन । पाथीभरा क्याम्पस सहित थप ११ वटा निर्माणका लागि छनौटमा परेका छन । यो अभियानले ताप्लेजुङ् जिल्लाको शैक्षिक अवस्थामा उल्लेख्य सुधार ल्याएको उहाँको भनाई छ । २०७४ मा प्रतिनिधिसभाको निर्वाचनताका ताप्लेजुङ मा हयुमन प्राक्टिस फाउण्डेसनको २० वटा समुदायिक बिद्यालयका भवन निर्माण भएका थिए । आयोजना फर्कने तयारी गरिरहेकोवेला नेता भट्टराईले हयुमन प्राक्टिस फाउण्डेसनकी नेतृत्वकर्ता डेनमार्क नागरिक पर्लनिल सँग ताप्लेजुङका सवै समुदायिक बिद्यालयमा भवन निर्माण र शैक्षिक सुधारका अनुरोध गर्नुभएको थियो । बिद्यार्थीको संख्या थपिदै जाँदा बिद्यालयमा थप संरचना निर्माणका लागि थप सहयोगका लागि हयुमन प्राक्टिस फाउण्डेसन सँग संघीय सांसद भट्टराईले विशेष अनुरोध गरेको वताउनुभयो । हयुमन प्राक्टिस फाउण्डेसनका कन्ट्रिम्यानेजर शिव रायमाझी सँग छलफल गरिएको उहाँले वताउनुभयो ।



