About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ क्षेत्र नम्वर १ का संघीय सांसद धनश्याम खतिवडाले लेटाङ नगरपालिका ८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या घटनाका दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ । उहाँले घटना कोअपराधीलाई हदै सम्मको कडा भन्दा कडा कारवाही गर्न र त्यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सबैले डटेर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संघीय सांसद खतिवडाले करूणा राई प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना ब्यक्त गर्नुभएको छ । लेटाङ्ग आठ जाते मावि मा कक्षा छ पढने करूणा राईको हत्या भएको थियो । ज्यामिरे टोलकी १२ वर्षीया राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई प्रहरी पक्राउ गरिसकेको छ ।गिरीले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय