About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, १३ फागुन
मोरङ लेटाङ नगरपालिका ८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ज्यामिरे टोलकी १२ वर्षीया राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।
बुधबार साँझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या गरेको देखिन्छ,’ जिसीले भने, ‘घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।’
उनका अनुसार बालिका स्कुल आउ जाउ गर्दा गिरीको घरको बाटो जानुपर्छ । बुधबार साँझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको छ । स्कूलबाट घर फर्किने क्रममा हराएकी करुणाको शुक्रबार बिहान शव गाडेको अवस्थामा भेटिएको थियो । मृतकको शव नाङ्गो अवस्थामा थियो । ढुङ्गाले थिचेर लुकाएको शव शरिरको विभिन्न भागमा चोटपटक छ । उनका अनुसार बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।
‘बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’उनले भने,‘ थप अनुसन्धान जारी छ ।’ पक्राउ परेका गिरीकी श्रीमतीकाे केही समय अघि मृत्यु भएको थियो । बालिकाको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ । अनलाइन खबरमा समाचार छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय